धरान । धरान–१७ स्थित फोकल्याण्ड टापुमा आफ्नै हजुरबुबाबाट नातिनी बलात्कृत भएकी छन् ।११ वर्षीय नातिनीलाई आफ्नै ६१ वर्षीय हजुरबुबाले बलात्कार गरेका हुन् ।
६१ वर्षीय पुरुषले घरमा कोही नभएको मौका छोपेर छोरी तर्फको नातिनीलाई जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पीडित बालिकाले जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएपछि निजलाई पक्राउ गरी आइतबार सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।
नातिनीलाई विभिन्न डर धम्कीपूर्ण व्यवहार देखाउँदै यौन शोषण गर्ने गरेको र बालिकामा फरक व्यवहार देखिएपछि घटनाको रहस्य बाहिरीएका हो ।
तपाईको प्रतिक्रिया दिनुहोस्