भद्रपुर । दमकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा झापा दमक नगरपालिका–४ जनचेतना टोल बस्ने ३६ वर्षीय कृष्ण ओझा रहेको छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क २८७७ नम्बरको ग्याँस बोकेको ट्रकले दमक नगरपालिका–४ कृष्ण मन्दिर नजिकै आइतबार साँझ उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको साइकल यात्री कृष्ण ओझालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
घाइते भएका ओझाको उपचारको क्रममा विएण्डसी हस्पिटल बिर्तामोडमा सोमबार बिहान मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार सोही दिशाबाट आउँदै गरेको ना ४ ख १४४८ नम्बरको ट्रकले पुनः उनलाई ठक्कर दिएको थियो।
प्रहरीले ठक्कर दिने दुवै ट्रकलाई नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्