धरान । भेडेटार नजिकै सङ्खुवासभाबाट आउँदै गरेको यात्रुवाहक बस सोमबार साँझ दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका छन् ।
ना ५ ख ९० नम्बरको सङ्खुवासभाबाट झापाको दमक चल्ने यात्रुवाहक बस भेडेटार देखि केही तल धरान झर्ने बाटोको सडकबाट केही तल खसेर दुर्घटना भएका हो ।
उक्त दुर्घटनामा परी ४ जना यात्रु घाइते भएका छन् ।
घाइते हुनेहरूमा मोरङको सुन्दरहरैचाका ३० वर्षीय राजन बास्कोटा, मोरङको मृगौलियाका २२ वर्षीय चन्द्र दाहाल, वसन्तपुर ३ तेह्रथुमका १९ वर्षीय खेमराज पौडेल र इटहरी ४ बस्ने ५२ वर्षीय सन्तकुमार लिम्बु रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उद्दारगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्