काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार)छापावाल सुन तोलामा ६ सय रूपैयाँ बढेर ९२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको भाउ तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै सोमबार ९१ हजार ७ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९२ हजार तीन सय कायम भएको महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । चाँदीको मूल्य मंगलबार तोलाको १२ सय ५० रुपैयाँ कायम गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्