झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु

  • प्रकाशित मिति: पुस २८, २०७७ / सञ्चारलय
alt

दमक । झापाको दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिविरको सेक्टर डी–फोरअन्तर्गत ६० वर्षीय देशमान राईको छाप्रोमा सोमबार साँझ साढे ७ बजे आगलागी हुँदा मृत्यु भएको हो ।

घरभित्र सुतिरहेका राईको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई प्यारालाइसिसका बिरामी थिए । अचानक आगो लागेकाले राईलाई बचाउन नसकिएको शिविरका युवराज राईले बताए ।

आगोमा एक तोला सुन, १० तोला चाँदी, नगद तीन लाख रुपैयाँ, लत्ताकपडा, भाँडाबर्तनलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...