प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ सांसद निलम्बन

  • प्रकाशित मिति: पुस २८, २०७७ / सञ्चारलय
alt

इटहरी । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल नेतृत्वको प्रदेश १ संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहित ८  सांसदलाई निलम्बन गरेको छ।

प्रचण्ड–नेपाल समूहको संसदीय दलले प्रधानमन्त्री ओली पक्षका ८ जना सांसदलाई सोमबार निलम्बन गरेको पत्र प्रदेश सभामा दर्ता गराएको हो।

निलम्बित हुनेमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन्।

मुख्यमन्त्री राईसहितका ८ सांसदले पार्टीविरोधी गतिविधि गरेको, प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई साथ दिएको, पार्टी विभाजन गर्न सक्रिय भएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधिएको र सो अवधिमा जवाफ नदिएका कारण निलम्बन गरिएको संसदीय दलका नेता भीम आचार्यले जानकारी दिए।

प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरघन राईलाई अविश्वासको प्रस्ता ल्याउँदै संसदीय दलको नेताबाट हटाएर आचार्यलाई संसदीय दलको नेता बनाएको थियो।

संसदीय दलले मुख्यमन्त्री शेरधन राईलाई पठाएको पत्रमा निलम्बन यही पुस २६ गतेबाट लागू भएको उल्लेख गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

१० लाख डोज भ्याक्सिन ...

काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन् ...

कलंकीको मालपोत कार्य ...

काठमाडौं । कलंकीको मालपोत कार्यालयमा नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचार ...

सर्लाहीमा बस दुर्घटन ...

सर्लाही । सर्लाहीमा बस दुर्घटनाहुदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । ना ५ ख ४४८८ ...

बढ्यो सुनको मूल्य ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका ...

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...