नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवाहरुको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ सुनसरीले इटहरीका विभिन्न चोक तथा सार्वजनिक स्थलमा कालो झन्डा गाडेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी मध्याबधिक निर्वाचनको मिति घोषणा गरेको भन्दै ‘प्रचण्ड, नेपाल समूह’ समर्थक युवा सङ्घले ठाउँ ठाउँमा कालो झन्डा राखेर विरोध गरेको हो ।
प्रधानमन्त्री जनताको मनोभावना विपरीत अलोकतान्त्रिक, असंवैधानिक कदम चालेको भन्दै विरोध गरिएको युवा सङ्घ सुनसरीले जानकारी दिएको छ । उनीहरूले इटहरी चौक आसपास, उपमहानगर गेट छेउ लगायत अन्य ठाउँमा झन्डा राखेको छ । उनीहरूले तत्काल संसद् पुनः स्थापना हुनु पर्ने तथा पार्टीलाई एकजुट बनाएर अघि बढ्नु पर्ने समेत बताएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्