मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, सह-संयोजकमा बक्सिङ र एथलेटिकका राष्ट्रिय खेलाडी स्वधिन खालिङ राई चयन भएका छन् । एकेडेमीको जिल्ला बैठकले उनीहरुलाई चयन गरेको मदन भण्डारी स्पोर्टस एकेडेमी सुनसरीका अध्यक्ष होमनाथ धमलाले जानकारी दिए ।
नगरमा खेलकुदको क्षेत्रमा अनुभवी तथा खेलाडी नियुक्ति गर्नाले खेल क्षेत्रमा भएका कमिकमजोरी सुधार गरि स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमैदानमा पुर्याउन सकिने विश्वास लिएको अध्यक्ष धमलाको भनाई छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्