सोलुखुम्बुमा टिपर दुर्घटना: तीन जनाको  मृत्यु, एक जना घाइते  

  • प्रकाशित मिति: माघ ५, २०७७ / सञ्चारलय
alt

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बा ४ ख ७९८० नम्बरको टिपर सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव गित्ते भिरबाट खसेर गएराति ११ बजे दुर्घटना भएको हो ।टिपर सडकबाट अनियंत्रित भइ तीन सय मिटर तल खसेको जनाइएको छ ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दाधिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका–४ का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् ।

यस्तै मकवानपुर बाग्मती गाउँपालिकाकै २३ बर्षिय रमेश मगर भने गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका मगरलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक कृष्णकुमार कट्वालले बताए ।

दुर्घटना परी मृत्यु भएकाको शव परिक्षण गर्नका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

ब्राउनसुगर सहित झापा ...

झापा / लागुऔषध ब्राउनसुगर सहित झापाबाट दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काँक ...

इटहरी उप-महानगरको आठ ...

इटहरी / उपमहानगरको आठौँ नगर सभा सुरु भएको छ । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौध ...

इटहरीका सामुदायिक वि ...

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका १० खनारमा रहेको श्री मनमोहन आधारभूत विद्यालयमा ८ कक्षा सम्म पढ ...

प्रधानमन्त्री ओलीले ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालु ...

म्याग्दीको बेनीमा जि ...

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत ...

आँगो निभाउने क्रममा ...

डोटी / जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । शिखर नगरपालिका–७ बयरकोट ...