विदेशीको डिजाइनमा गणतन्त्रमाथि धावा बोलियो–नेता भुसाल

  • प्रकाशित मिति: माघ ५, २०७७ / सञ्चारलय
alt

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट्रिय स्वाधीनता र गणतन्त्रमाथि धावा बोल्ने काम भएको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घको भेलालाई सम्बोधन गर्दै नेता भुसालले प्रधानमन्त्री ओलीले विदेशीको डिजाइनमा प्रतिनिधि सभा विघटन गरेर राष्ट्रिय स्वाधीनता र गणतन्त्रमाथि धावा बोलेको आरोप लगाउनुभएको हो ।

उहाँले साढे २ सय वर्ष लामो राजतन्त्रलाई परास्त गर्ने आन्दोलनको नेतृत्व आफूहरूले गरेको भन्दै अहिलेको प्रतिगमनले पनि घुँडा टेक्ने दाबी गर्नुभयो । नेता भुसालले भन्नुभयो, ‘समाज विकासको नियम र हाम्रै जीवनको अनुभव हो ।

प्रतिक्रियावादीको हार सुनिश्चित छ । साढे २ सय वर्षको राजतन्त्र अन्त्य गर्ने आन्दोलनको नेतृत्व गर्ने हामी हौँ । विदेशीको डिजाइनमा राष्ट्रिय स्वाधीनता र गणतन्त्रमाथि धावा बोल्ने काम भएको छ, यसलाई परास्त गर्न महिलाहरू जुरुक्क उठ्नुपर्छ ।’ 

प्रतिनिधि सभा विघटनको प्रतिगमन, संवैधानिक कु तथा जनता र राष्ट्रका विरुद्ध गरिएको घातविरुद्ध जनता सङ्घर्षमा रहेको उहाँको भनाइ छ । यस विरुद्ध अनेमसंघ फेरि जुरुक्क उठेर अधिकार रक्षाका निम्ति अगाडि बढ्नुपर्ने नेता भुसालको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...

सुनको भाउ घट्यो ...

काठमाडौं / स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भ ...

जुम्लामा स्याउ उत्पा ...

जुम्ला । जुम्लामा गत वर्षको भन्दा यस वर्ष स्याउ उत्पादनमा दोब्बर घटेको छ । यहाँको जुम्ली स्याउको बर् ...

सडेको अवस्थामा धरानक ...

धरान / सडेको अवस्थामा धरानको चारकोशे झाडीमा शव फेला परेको छ । धरान–८ तीनकुने पानिट्यांकी नजिकै ...

यस्तो छ आजको मौसम ...

काठमाडौँ । आज देशका केहीभू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ भने पहाडी भू–भागहरूमा आं ...