इटहरीमा नेकपाद्वारा राँके जुलुस प्रदर्शन

  • प्रकाशित मिति: माघ ५, २०७७ / सञ्चारलय
alt

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटनका विरुद्धमा नेकपाले आज साँझा ५ बजे राँके जुलुस निकालेको हो ।

संसद विघटनको विरुद्धमा विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेको नेकपाले इटहरी पार्टी कार्यालय देखि इटहरी चोक सम्मआज साँझ राँके जुलुस निकालेको हो । नेकपाले निकालेको राँके जुलुसमा इटहरी उपमहानगरपालिका भित्रका पार्टीमा आबद्ध नेकपाका नेता तथा कार्यकर्ताको ठूलो सहभागीता रहेको थियो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । यही प्रतिगमनकारी कदमका विरुद्धमा नेकपाले देशभर विभिन्न आन्दोलनका कार्यक्रमहरु गरिरहेको नेकपा इटहरीका अध्यक्ष बहादुर सिङ तामाङले बताउनु भयो । नेकपाको अहिले दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु जारी छन् ।

नेकपाले प्रधानमन्त्रीले गल्ती सच्याएर संसद पुनस्थापना नभएसम्म दबाब दिन निरन्तर आन्दोलन गरिरहेने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

रियालिटी शो : ‘कमेडी ...

काठमाण्डौ । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट प्रशारण हुँदै छ । स्ट्याण् ...

भारतमा सडक दुर्घटना ...

काठमाण्डौ । भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटना हुँदा चार जना ने ...

कोरोना भाइरस खोपको द ...

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ दे ...

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...

सुनको भाउ घट्यो ...

काठमाडौं / स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भ ...