सर्लाही । सर्लाहीमा बस दुर्घटनाहुदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।
ना ५ ख ४४८८ नम्बरको दाङबाट पूर्वको काकडभिट्टा जाँदै गरेको बस सर्लाहीको हरिवन नगरपालिका ४ मा बिहीबार बिहान पल्टिँदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटना मा १७ जना घाईने जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका ५ की ३६ वर्षीया राजकुमारी चौधरीको घटना स्थलमै मृत्यु भएको र सोह स्थानकी २३ वर्षीया निर्मला चौधरीको उपचारका लागि बीरगंज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए।
गम्भीर घाइते हुनेहरुमा बस चालक रुपन्देही बुटवलका ३५ वर्षीय अर्जुन ज्ञावली, बस सहचालक रुपन्देही लुम्बिनीका २३ वर्षीय किशोर सुवेदी, दाङ राप्तीका २३ वर्षीया रीता चौधरी, महोत्तरीका ३५ वर्षीय बसन्तकुमार ठाकुर र बाराकी ३० वर्षीया सरिता चौधरी रहेका छन्।
उनीहरुलाई वीरगंजको न्युरो अस्पतालतर्फ उपचारका लागि पठाइएको छ। बसमा ३० जना यात्रु सवार थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्