काठमाडौं । कलंकीको मालपोत कार्यालयमा नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कलंकीको मालपोत कार्यालयका नासु नारायण श्रेष्ठ र सोही कार्यालयका शाखा अधिकृत दिपक दाहाल पक्राउ परेका हुन् ।नुवाकोट ककनी गाउँपालिका ८ घर भएका श्रेष्ठ र काठमाडौं टोखा नगरपालिका ४ बस्ने दाहाललाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
थानकोट ५ मा रहेको मीना खड्काको १ रोपनी ४ आना जग्गालाई उनी बेल्जियम रहेको बेलामा नक्कली जग्गाधनी, जग्गाधनी पुर्जा र नागरिकता देखाई जग्गा बिक्री गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले बुधबार पक्राउ हो ।
तपाईको प्रतिक्रिया दिनुहोस्