‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?

  • प्रकाशित मिति: माघ १०, २०७७ / सञ्चारलय
alt

काठमाडौँ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएको संविधानको धारा ७६ (१) वा २ अनुसार प्रतिनिधि सभा विघटनविरुद्धका अधिकांश रिट निवेदकले उपधारा १ उल्लेख गरेका छन् । बहसका क्रममा अधिकांश कानुन व्यवसायीले प्रधानमन्त्री उपधारा २ अनुसार नियुक्त भएको जिकिर गरिरहेका छन् ।

कानुन व्यवसायीले विभिन्न तथ्य र तर्क गरिरहँदा निवेदकमध्येका एक शालिकराम सापकोटाले भने उपधारा १ अन्तर्गत नै प्रधानमन्त्री नियुक्त भएको स्वीकार गरेका छन् । । निवेदन र बहसमा भइरहेको फरकलाई इजलासले बारम्बार प्रश्न उठाएको छ ।

इजलासले प्रारम्भदेखि नै वर्तमान प्रधानमन्त्री नियुक्त भएको धाराका विषयमा निवेदन र बहस फरक भएपछि प्रश्न गरिरहेको छ । विशेषगरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाले निवेदन र बहसमा धारणा किन फरक भन्दै निवेदक र पक्षका कानुन व्यवसायीलाई प्रश्न गरिरहेका छन् ।

प्रारम्भदेखि इजलासले अधिवक्ता भीमार्जुन आचार्य, सुनीलकुमार पोखरेल, दीनमणि पोखरेल लगायतलाई यो प्रश्न गरिरहेको छ । बिहीबार बहसका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ता टीकाराम भट्टराईलाई पनि सोही प्रश्न गरेका थिए । भट्टराईले तीन कारण पेस गर्दै प्रधानमन्त्री उपधारा २ अन्तर्गत नियुक्त भएका स्पष्ट पारे ।

यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...

सुनको भाउ घट्यो ...

काठमाडौं / स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भ ...

जुम्लामा स्याउ उत्पा ...

जुम्ला । जुम्लामा गत वर्षको भन्दा यस वर्ष स्याउ उत्पादनमा दोब्बर घटेको छ । यहाँको जुम्ली स्याउको बर् ...

सडेको अवस्थामा धरानक ...

धरान / सडेको अवस्थामा धरानको चारकोशे झाडीमा शव फेला परेको छ । धरान–८ तीनकुने पानिट्यांकी नजिकै ...

यस्तो छ आजको मौसम ...

काठमाडौँ । आज देशका केहीभू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ भने पहाडी भू–भागहरूमा आं ...

बुद्ध एयरले जनकपुर–अ ...

काठमाडौं / निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले धार्मिक पर्यटन प्रवद्र्धन ...