बिचार नमिल्ने सबै पशु ?

  • प्रकाशित मिति: माघ ११, २०७७ / दिपेश कार्की
alt

इटहरी । सडक पुरै तातेको छ । राजनैतिक समकालीन दौतरीहरुको एक आपसको वैमनस्यताले आज जनता अलमलमा छन् ।स-साना आक्षेप र असन्तुष्टि हुर्किएर वैरभावमा रूपान्तर भई सकेको छ ।

आफ्ना दलिल दरिलो बनाउन जनताको सघन उपस्थितिकालागि जहाँ जे आवश्यक छ सोही सम्भव भए पुर्ती गराउँदै तत्काल सम्भव नभए आश्वासन दिएर भए पनि बाहुल्यता देखाउने अनि आफ्नो पक्षको आयतन बढाउने होडबाजी नै चलेको छ ।

केन्द्रीय राजनीतिबाट समाज ,समुदाय सघ ,संस्था केही अछुत रहेन ,अझ सबैभन्दा ठुलो प्रभाव सामाजिक सञ्जालमा देखिएको छ ।

 प्रतिद्वन्द्वीको तेजोवध गर्न शाब्दिक ,भाषिक र नैतिक सभ्यताको दाम्लो चुँडाएर नै मैदान मा उत्रेका छन्र । अझ सामाजिक सञ्जालका सुक्ष्म र डरलाग्दो जीवाणुहरूले त मानव सभ्यता मै प्रहार गर्न थालेका छन्  । यसले जनस्तरमा गर्विलो प्रभाव पार्ने निश्चित देखिन्छ ।

सडकमा देखिएका बिरोधसभा, समर्थन सभा वा चुनावी सभाको औचित्यको समीक्षा अलग होला, नेतृत्वले गलत गरे इतिहासले समीक्षा गर्छ, दुर्नाम बन्छन् नै अपितु आफ्नो पक्षको मास मानव सागर अनि प्रतिद्वन्दीको जनसमुदाय चाही भेडा ?

यो कस्तो दृष्टि हो । कस्तो कनिष्ठ सोच , आफुलाइ प्रबुद्ध हैन सम्यक् सम्बुद्ध ठान्ने यी प्रमत्त मनुवाहरूमात्र मानव हो ? बिचार नमिल्ने सबै पशु ??

दलिलको मतान्तर हुँदैमा मानव सभ्यता भन्दा तल झारेर बोल्ने वा टिप्पणी गर्ने सामाजिक सञ्जालका जीवाणुहरूले जनआपसमा गर्विलो खाडल खन्दैछन् ।

सम्मेलनमा होस् या आन्दोलनमा सबै मानिस बिचारले प्रभावित भएर होमिएका हुदैनन अधिकारको लागि पनि होइनन् पूर्ण मास को अल्पसङ्ख्यकलाई भेला के का लागि त परै को कुरा कसको भेला नि थाहा हुन्न ।

कोही केही चिजको प्रलोभनमा परेका हुन्छन् त कोही कसैको अधीनस्थ मा, कतिको त पेसा नै हुन्छ झण्डा बोकिदिने,नारा लगाइदिने ताली बजाइदिने । यो आख्यान आज सिर्जित हुँदै होइन पुरातन हो अनि सबै दल को हो ।

बिचारको मतभेद हुन् सक्छ  आफ्नो मत राख्न पनि पाइन्छ यो प्रजातान्त्रिक पद्धति हो लोकतन्त्रको सुगन्ध हो । यसैको लागि धेरै ले रगत बगाएका छन् ।

बिचार नमिल्दैमा वा फरक मत राख्दैमा मानवलाई मानव नदेख्ने मानव हुनै सक्दैन ,आसुरी प्रवृत्ति हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की