इटहरी । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। सोमबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको हो ।
वैशाख र जेठमा नै लिइने कक्षा १२ को परीक्षा यसपालि कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो ।मंसिर महिनामा सम्पन्न १२ को परीक्षामा ४ लाख ३३ हजार २ सय ७१ जना परीक्षार्थी सहभागी थिए।
कोभिड संक्रमित विद्यार्थीहरुको भने पुसमा परीक्षा भएको थियो।नियमिततर्फ ३ लाख, १० हजार ३ सय १६ जनाले परीक्षा दिएका थिए भने ग्रेड बृद्धितर्फ ९१ हजार ९ सय, आंशिकतर्फ ३१ हजार ५५ जना विद्यार्थीले परीक्षा दिएका थिए। त्यसमध्ये कुल ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ।
परीक्षाफल www.neb.gov.np र www.neb.ntc.net.np बाट हेर्न सकिने बोर्डले जनाएको छ। त्यस्तै NEB<Sapce>Symbolno टाइप गरी नेपाल टेलिकमको १६०० मा पठाएर समेत नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्