एक अर्काका इतर गुठ इत्तर बन्दै !

  • प्रकाशित मिति: माघ १९, २०७७ / दिपेश कार्की
alt

इटहरी । पुस ५ पछिको नेपालको राजनीतिक आख्यान पुरै रुमलिएको छ ।  जनता मधुमाको हुरीले उडाएर थुपारिएको पतिङ्गर  झैँ एक अर्काका इतर समूहका भेला,सभाहरूमा थुप्रिरहेका छन् । 
 
नेतृत्वको काया कैरन बुझेर पनि जनताहरू कुत बुझाउन आएको निमुखा झैँ हाकिमको जस्तोसुकै दलिलमा पनि समर्थन गर्दै ताली पिट्न निर्लज्ज उत्साहित बनिरहेका छन् । 
 
नेताहरुपनी आफ्ना सामुन्ने जनप्रहसन  देखेपछि बहुलट्ठीएर एक अर्काको आधारभूत मर्यादाको ख्याल समेत नगरी इतरिँदै आरोप पत्यारोप अनि इतर नेताको ब्याक्तिगत जीवनमा समेत रौद्र देखाउन व्यस्त छन्,लाञ्छनाको बर्षानै बर्सौउदै छन् ।
 
दुई मुठ्ठी आसेपासे समर्थक बाहेक सम्पूर्ण राजनीति दल,नागरिक अगुवा ,कानुन व्यवसायी ,भूतपूर्व प्रधानन्यायधिसहरुले समेतले  पुस ५ को कदम असंवैधानिक भनिरहँदा चुनावी सभा वा समर्थन सभामा देखिने जनताको त्यो बिघ्न उपस्थितिले के सन्देश दिन्छ ? उतिकै उपस्थित विरोध सभाको जनसहभागिता हेरेर बुझ्ने के? पाँच वर्षको स्थायित्वकालागि  मत मागेका ती चर्का भाषण र भाषणमा प्रयोग भएका शब्दहरूले नेतृत्वलाई  आज गिज्याई रहेको छ । 
 
पाँच वर्ष सरकार चलाउन जनताले दिएको  मतलाइ आवधिक समय भन्दा अगावै रछानमा फालेर,प्रतिनिधिसभा भङ्ग गरी जनआवाजलाई अनिकेत बनाउँदा समेत जनताको अघि निर्लज्ज उभिएर प्रहसन मच्चाई रहन्छन् अनि जनता दुरूह नेताका आहान र चुट्किलामा खित्का छोड्छन् ताली पिट्छन् ।
 
भनिन्छ राजनीतिमा स्थायी शत्रु या मित्र रहिरहँदैन ,एक अर्का बिचको जस्तो सुकै वैमनस्यता समयले कुहाइदिन्छ । एकताका लागि मध्यम मार्गीय अवशेष छोडेका हुन्छन् । तर नेकपा बिचको आन्तरिक विवाद, आयो प्रत्यारोप अनि लाञ्छना सुन्दा यो  वैरभाव चिर काल रहने देखिन्छ । 
 
आज लाखौँ जनताको बलिदान बाट प्राप्त उपलब्धिहरु मृत्युसैयामा छटपटी रहेको छ । जनता जीवन, जिविको,समृद्धिको साथ साथै स्वतन्त्रता पनि चाहिन्छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की