इटहरी । आज राष्ट्रिय महिला लिग फुटबलखेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका भिड्दै छन् ।वालिङ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुने लागेको हो ।
आज वालिङ र चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछन् । वालिङ ५ खेलमा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
चन्द्रपुर ५ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । चन्द्रपुर पनि जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस्