आजदेखि मौसम सफाः अब चिसो कम हुँदै जाने

  • प्रकाशित मिति: माघ २५, २०७७ / सञ्चारलय
alt

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आज (आइतबार) देखि क्रमिक सुधार हुँदै जाने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले मौसम सफा हुँदै जाने भएको हो ।

अबको केही दिन कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको मौसमविद्हरुले बताए । पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी शुरु हुने जनाइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज १ दशमलव शून्य डिग्रीमा झरेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो ।

विभिन्न स्थानमा शुक्रबार र शनिबार वर्षा र हिमपात भएपछि मुलुकका अधिकांश स्थानको तापक्रम घटेको छ । तर आजबाट क्रमिकरूपमा मौसम खुल्दै जाने भएकाले अब तापक्रम बढ्दै जाने मौसमविद्को पूर्वानुमान छ ।

हाल देशको प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...