इटहरी । राष्ट्रिय महिला लिग फुटबलखेलमा आज एउटा मात्रै खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा लिग लिडर नेपाल एपिएफ क्लब र चन्द्रपुर नगरपालिका भिड्दै छन् । एपिएफ र चन्द्रपुरबीचको खेल दिउँसो २ बजे सुरु हुने लागेको हो ।
लिगमा अपराजित रहेको एक मात्र टोली एपिएफ आजको खेलमा पनि जित हात पार्दै यो यात्रालाई कायम गर्न चाहन्छ ।
चन्द्रपुर पनि आज एपिएफलाई पहिलो हार चखाउने दाउमा हुनेछ । तर, उत्कृष्ट लयमा रहेको एपिएफविरुद्ध जित निकाल्न उसलाई त्यति सहज भने छैन ।
एपिएफ ७ खेलबाट २१ अंकका साथ शीर्ष स्थानमा रहँदा चन्द्रपुर समान खेलबाट ६ अंकको साथमा छैटौँ स्थानमा छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्