वकिलले न्यायाधीशलाई भने: श्रीमान्, म बिरालो हैन(भिडियोसहित)

  • प्रकाशित मिति: माघ २८, २०७७ / सञ्चारलय
alt

एजेन्सी । अमेरिकाको टेक्ससमा रहेको ३९४ औं डिस्ट्रिक्ट कोर्टमा एक वकिल अचानक बिरालोमा परिणत भएपछि केही समयका लागि सुनुवाइ रोकिएको छ ।

जूम भिडियो कलमार्फत मंगलवार भएको सुनुवाइका क्रममा रड पोन्टन नाम गरेका ती वकिलले बहस गर्दा गर्दै बिरालोको चित्र भएको फिल्टर राख्न पुगे । उनलाई त्यो फिल्टर हटाउनै आएन ।

न्यायाधीश रोय फर्गुसनले उनलाई फिल्टर हटाउन लगाए । ‘हटाउने कोशिश गरिरहेका छौं,’ उनले भने । ‘म यहाँ लाइभ छु, म बिरालो हैन,’ उनले थपे । अनि उनले आँखा घुमाउँदा बिरालोको आँखा घुम्यो ।

‘हो, तपाईं बिरालो हैन,’ अर्का वकिल एच गिब्स बावरले बताए ।

आफ्नो इजलासमा कसैले पनि फिल्टर प्रयोग नगर्न न्यायाधीश फर्गुसनले चेतावनी दिए ।

यस्तो घटना भए पनि सबैले मर्यादा कायम गरेको भनी फर्गुसनले बताए पनि भिडियो हेरेर मानिस मरीमरी हाँसे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...

सुनको भाउ घट्यो ...

काठमाडौं / स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भ ...

जुम्लामा स्याउ उत्पा ...

जुम्ला । जुम्लामा गत वर्षको भन्दा यस वर्ष स्याउ उत्पादनमा दोब्बर घटेको छ । यहाँको जुम्ली स्याउको बर् ...

सडेको अवस्थामा धरानक ...

धरान / सडेको अवस्थामा धरानको चारकोशे झाडीमा शव फेला परेको छ । धरान–८ तीनकुने पानिट्यांकी नजिकै ...

यस्तो छ आजको मौसम ...

काठमाडौँ । आज देशका केहीभू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ भने पहाडी भू–भागहरूमा आं ...