काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले पनि माफी नदिने चेतावनी दिएका छन् ।
बुधबार नेकपा प्रचण्ड–नेपाल समूहले गरेको विरोधसभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
‘ केपी जी, तपाई त मदन भण्डारीको नाम जप्नु हुन्थ्यो। आजकल पशुपतिनाथको नाम जप्न थाल्नुभएको छ। तर एउटा कुरा याद गर्नुस् , पशुपतिनाथले पनि पाप गर्नेलाई भलो गर्दैनन्। चेतना भया’, आफ्नो समूहको शक्ति प्रदर्शन सभामा बोल्दै नेपालले भने।
प्रधानमन्त्री ओलीले संविधान च्यातेर पाप गरेकोमा पशुपति नाथले पनि माफी गर्दैनन् ।‘पाप गर्नेलाई अपराधीलाई सजाँय नदिलाउने ओलीलाई सारा जनता र पशुपतिनाथले धिक्कारी रहेका छन् नेपालले भने ।
तपाईको प्रतिक्रिया दिनुहोस्