काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ।
महाशाखा अनुसार पश्चिमी वायुकै आंशिक प्रभाव देखिए पनि आजको मौसममा उल्लेख्य असर नदेखिने रहेको महाशाखाले जनाएको छ ।
आज बिहान साढे ६ बजेको काठमाडौँको तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसोको तापक्रम २० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
उच्चपहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू-भागमा विहानपख हुस्सुरकुहिरो लागिरहँने र चिसो अझै रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्