रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलायो प्रहरीले, उपस्थित नभए पक्राउ गर्ने

  • प्रकाशित मिति: माघ २९, २०७७ / सञ्चारलय
alt

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री (केन्द्रीय सदस्य) रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ ।

सार्वजनिक कार्यक्रममा गलत अभिव्यक्ति दिएको कारण महानगरीय अपराध महाशाखाको झाँक्रीलाई फोन गरेर सोधपुछका लागि बोलाएको हो ।

यदि उपस्थित नभएमा पक्राउ नै गरिने अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’

“राष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुलाई सार्वजनिक कार्यक्रमबाटै गलत अभिव्यक्ति दिएकोबारे सोधपुछको लागि बोलाएका हौँ । “यदि उपस्थित नभएमा पक्राउ गरिनेछ ।”” एसएसपी थापाले भने

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...