काठमाडौं । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ।
विशेषगरी प्रणय दिवसमा गुलावको फूल उपहार दिने गरिन्छ । युवापुस्तामा बढी लोकप्रिय रहेको प्रणय दिवसलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरिन्छ ।
फेबु्रअरी १४ को दिन प्रेमी जोडीहरुले एक–अर्कालाई गुलाफ फूल, कार्ड र उपहारस्वरूप विभिन्न सामान आदनप्रदान गर्ने चलन छ ।
यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । ‘विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन्।
नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ। यसवर्ष कोरोना महामारीका कारण विश्वमा भ्यालेन्टाइन डेको पछिल्ला वर्षहरुमा जस्तो उत्साह छैन्।
मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलाव चाहिन्छ। जुनभावना व्यक्त गर्न वर्षौंसम्म सकिँदैन तर गुलावको फूल त्यो भावनालाई प्रतिविम्बित गर्न काफी मानिन्छ।
युवापुस्ताले भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन्। भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ।
तपाईको प्रतिक्रिया दिनुहोस्