भारतमा कोरोना खोप लगाएका थप ३ जनाको मृत्यु, मृतक संख्या २७ पुग्यो

  • प्रकाशित मिति: फाल्गुन २, २०७७ / सञ्चारलय
alt

एजेन्सी । भारतमा कोरोना भाइरस विरुद्धको खोप लगाएका थप ३ जनाको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय मिडियाले दिएको जानकारी अनुसार थप ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरु मध्य प्रदेश, राजस्थान र हरियाणा का ३५, ३८ र ५८ उमेरका हुन् । उनीहरुले करिब ८–९ दिन अगाडि कोरोना खोप लगाएका थिए ।

यसअघि भारतमा कोरोना खोप लगाएका २४ जनाको मृत्यु भएको थियो । यो सँगै कोरोनाविरुद्धको खोप लगाएपछि मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

तर उनीहरुको मृत्यु हुनुको कारण खोप लगाउनु नभई अन्य रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...

सुनको भाउ घट्यो ...

काठमाडौं / स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भ ...

जुम्लामा स्याउ उत्पा ...

जुम्ला । जुम्लामा गत वर्षको भन्दा यस वर्ष स्याउ उत्पादनमा दोब्बर घटेको छ । यहाँको जुम्ली स्याउको बर् ...

सडेको अवस्थामा धरानक ...

धरान / सडेको अवस्थामा धरानको चारकोशे झाडीमा शव फेला परेको छ । धरान–८ तीनकुने पानिट्यांकी नजिकै ...

यस्तो छ आजको मौसम ...

काठमाडौँ । आज देशका केहीभू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ भने पहाडी भू–भागहरूमा आं ...