प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध गर्‍यो थप आन्दोलनको घोषणा (विज्ञप्तिसहित)

  • प्रकाशित मिति: फाल्गुन २, २०७७ / सञ्चारलय
alt

इटहरी । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समुहले प्रतिनिधिसभा विघटनको विरोध तेस्रो चरणका आन्दोलन घोषणा गरेको छ ।

केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर तेस्रो चरणको थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसअनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने भएको छ ।

२०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम गर्ने, २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम, फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध, फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा र संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता दिने भएको छ ।

तेश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको असंवैधानिक कदमविरुद्ध आफुहरु सडकसँगै कानूनी संघर्षमा रहेको बताए ।

विज्ञप्तिसहित:

nekapa_1_fHlCv8KCYt

nekapa_2_DXQNlT6MMj

तपाईको प्रतिक्रिया दिनुहोस्

रियालिटी शो : ‘कमेडी ...

काठमाण्डौ । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट प्रशारण हुँदै छ । स्ट्याण् ...

भारतमा सडक दुर्घटना ...

काठमाण्डौ । भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटना हुँदा चार जना ने ...

कोरोना भाइरस खोपको द ...

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ दे ...

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...

सुनको भाउ घट्यो ...

काठमाडौं / स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भ ...