जसपाभित्र पनि ‘भद्रगोल’: संयुक्त आन्दोलन ओझेलमा

  • प्रकाशित मिति: फाल्गुन ५, २०७७ / सञ्चारलय
alt

काठमाडौं / प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि जसपाले त्यसलाई ‘असंवैधानिक, अलोकतान्त्रिक’ भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । तर, पार्टीभित्रकै मतभेदका कारण जसपा छुट्टै आन्दोलनका कार्यक्रम लिएर सडकमा छ । पार्टीभित्रकै मतभेदका कारण उसको आन्दोलन सशक्त बन्न सकिरहेको छैन ।

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव संयुक्त आन्दोलनकै पक्षमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ‘प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले निर्णय पर्खिनुपर्ने’ भन्दै निर्वाचनको पक्ष छन् ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले संयुक्त आन्दोलन गर्नुपर्ने विषयमा जसपा नेतासँग छलफल गरेका थिए । यद्यपि, कांग्रेस र जसपाभित्र ‘संयुक्त आन्दोलन गर्ने कि नगर्ने रु’ भन्ने फरक मत रहेकै कारण संयुक्त आन्दोलन ओझेल पर्दै आएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओलीले गत ५ पुसमा संसद् विघटन गरेर निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध विभिन्न राजनीतिक दल आन्दोलित हुँदै आएका छन्

                                                                                                                    राजधानी दैनिकबाट

 

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...