काठमाडौं / नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस्