बन्धन सिमेन्टद्वारा ठेकेदारहरुको लागी रु ५ लाखको दुर्घटना विमा

  • प्रकाशित मिति: फाल्गुन ८, २०७७ / सञ्चारलय
alt

विराटनगर । बन्धन सिमेन्ट उत्पादक नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले विराटनगरमा बन्धन मेसन मीट २०७७ कार्यक्रम सम्पन्न गरेको छ । निर्माण सम्बन्धी कार्य गर्ने ठेकेदारहरूको भेला गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
 
 
सिमेन्टको बारेमा जानकारी दिन आयोजित उक्त कार्यक्रममा  बन्धन सिमेन्टको तर्फबाट कार्यक्रममा सहभागी ठेकेदारहरूको रु ५ लाख  सम्मको दुर्घटना जीवन बिमा समेत गरिएको थियो । बिमाको लागि कम्पनीले शिखर इन्स्योरेन्ससँग सम्झौता गरेको जानकारी दिइएको छ । कार्यक्रममा सहभागीहरूकाे त्यतीबेलै बिमा गराउने व्यवस्था गरिएको थियो भने कार्यक्रममा उपस्थितले अन्य समयमा पनि बिमा कम्पनीमा सम्पर्क गर्न सक्ने प्रावधान मिलाइएको जानकारी दिइएको थियो ।कार्यक्रममा नविल बैङ्कले निःशुल्क खाता खोली २ जीवी इन्टरनेट डाटा ब्याक दिएको थियो भने एनसीएलको तर्फबाट निःशुल्क सिम कार्ड वितरण गरेको थियो ।
 
कार्यक्रममा निर्माण कार्य गर्दा ध्यान दिनु पर्ने कुराहरूको बारेमा  र सिमेन्टको गुणस्तरको बारेमा सन्देश दिइएको थियो । कम्पनीको तर्फबाटअखिलेश कुमार सिंहले सिमेन्टको प्राविधिक पक्षको विषयमा जानकारी दिएका थिए । उनले बन्धन सिमेन्ट निकै मसिनो रहेको, जर्मन प्रविधिको प्रयोग गरिएको र ल्याबको निरन्तर जाँचबाट स्तरीय उत्पादन गर्न सफल रहेको जानकारी दिएका थिए । उनले पीपीसी ओपीसी पीएससीको बारेमा जानकारी दिँदै सबै प्रकारका सिमेन्टमा बन्धन उत्कृष्ट रहेको दाबी गरे ।  कार्यक्रममा श्री कृष्ण लुइँटेल बोकेदारिले साङ्गीतिक प्रस्तुति गरेका थिए । यस्तै पारस थापाले क्यारीकेचर मार्फत मनोरञ्जन गराएका थिए । कम्पनीले विराटनगर पछि दमक हुँदै बिर्तामोड इटहरी लगायत ठाउँमा पनि कार्यक्रमलाई निरन्तरता दिने बन्धन सिमेन्टका अध्यक्ष मनिष कुमार मारुले जानकारी  दिएका छन् ।
IMG_1008
IMG_0753 IMG_0764 IMG_0912 IMG_0766

तपाईको प्रतिक्रिया दिनुहोस्

१७ वर्षीय किशोरीलाई ...

काठमाडौँ । उदयपुरकि १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको ...

रियालिटी शो : ‘कमेडी ...

काठमाण्डौ । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट प्रशारण हुँदै छ । स्ट्याण् ...

भारतमा सडक दुर्घटना ...

काठमाण्डौ । भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटना हुँदा चार जना ने ...

कोरोना भाइरस खोपको द ...

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ दे ...

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...