उर्लाबारी मा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

  • प्रकाशित मिति: फाल्गुन ९, २०७७ / सञ्चारलय
alt

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकमा शनिबार राति पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा राति ८ः१५ बजे अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार दुवै मृतकको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। दुई जना मृतकमध्ये स्कुटर कसले चलाएका थिए भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अर्को गाडीलाई ओभरटेक गरिरहेको ट्रकमा तीव्र गतिमा रहेको स्कुटर एक्कासि ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा परेर स्कुटर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। ट्रकको पनि अगाडिको भागमा क्षति पुगेको छ।

ट्रक र चालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...