प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै, ओलीपक्ष बैठक अवरुद्ध गर्ने तयारीमा

  • प्रकाशित मिति: फाल्गुन ९, २०७७ / बिनिता कटुवाल
alt

इटहरी । प्रदेश १ को प्रदेशसभा बैठक आज (आइतबार) बस्दै छ।यसअघी अवरुद्ध हुँदै आएको बैठक आज आजका लागि बोलाइएको हो ।

प्रदेश १ को प्रदेशसभाको सातौँ हिउँदे अधिवेशनको तेस्रो बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका कारण आजको बैठक पनि सत्ता पक्षकै सांसदले अवरुद्ध गर्ने तयारी गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

बैठकमा राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची छ । सरकार विरुद्धको अविश्वासको प्रस्तावलाई अगाडी लैजानुभन्दा ओली पक्षका सांसदले बैठक नै अघि बढ्न नदिने रणनीति लिएका हुन् ।

माघ २५ गतेको बैठक पनि ओली पक्षका सांसदले अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

१७ वर्षीय किशोरीलाई ...

काठमाडौँ । उदयपुरकि १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको ...

रियालिटी शो : ‘कमेडी ...

काठमाण्डौ । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट प्रशारण हुँदै छ । स्ट्याण् ...

भारतमा सडक दुर्घटना ...

काठमाण्डौ । भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटना हुँदा चार जना ने ...

कोरोना भाइरस खोपको द ...

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ दे ...

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...