त्रिविले भारी संख्यामा माग्यो प्राध्यापक

  • प्रकाशित मिति: फाल्गुन ९, २०७७ / सञ्चारलय
alt

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले भारी संख्यामा प्राध्यापक माग गरेको छ ।

त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा सात सय बढीको माग गर्दै विज्ञापन खुलाएको हो ।

आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै झण्डै छ सय संख्यामा आवेदन मागेको छ । खुला तर्फ प्राध्यापक पदमा १४ जना, सहप्राध्यापक पदमा २३ जना र उपप्राध्यापक पदमा ५२२ जना गरी ५ सय ५९ जनाको लागि दरखास्त माग गरेको हो ।

यसै गरी आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि प्राध्यापक ९२ जना र सहप्राध्यापक १०५ जना गरी एक सय ९७ जनाको माग गरिएको आयोगको सूचनामा उल्लेख गरिएको छ ।

खुला र आन्तरिक प्रतियोगितका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १४ गते राति १२ बजेसम्म अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...