काठमाडौँ । गोरखाको बारपाकमा एकै परिवारका तीनजना घरभित्रै मृत फेला परेका छन्। बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीनजनाको घरभित्रै मृत अवस्थामा फेला परेका हुन्
मृत भेटिनेमा ८४ वर्षीय तीलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आईतकुमारी गुरुङ र नातिनी नाता पर्ने १२ वर्षीया उषा गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।
उनका अनुसार तीनैजनाको मुखबाट फिज निस्केको अवस्थामा शव भेटिएको छ। सोमबार बिहान अबेरसम्म ढोका नखुलेपछि छिमेकीहरु आएर हेर्दा शव देखेको र प्रहरीलाई खबर गरेको उनले बताए।
परिवारका अन्य सदस्यहरु रहेका थिएनन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्