पेटका लागि वरदान हो मेवा, जान्नुहोस् मेवा खानुका ५ फाइदा

  • प्रकाशित मिति: फाल्गुन १०, २०७७ / सञ्चारलय
alt

एजेन्सी । मेवा र कागती दुवै स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छन् । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ ।

कागती खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन । यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन् । यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन् ।

यस्ताछन् मेवा खानुका फाइदाहरु:

आँखा : मेवामा भरपूर मात्रामा क्याल्सियम, केरोटाइन र भिटामिन हुन्छन् र यी आँखाका लागि लाभदायक हुन्छन् । यिनीहरूको सेवनले रतन्धो हुनबाट रोक्छ । बच्चाहरूलाई मेवा खुवाउनुभयो भने सानैमा चश्मा लगाउनुपर्ने स्थिति आउँदैन ।

तौल घटाउन: बिहान खाली पेट मेवा र कागती पिउँदा घरीघरी भोक लाग्दैन । यसमा टन्न पेक्टिन फाइबर हुन्छ र यसले आन्द्रालाई राम्रो काम गर्ने अवसर दिन्छ । तौल घटाउन पनि यसले मद्दत गर्छ ।

कब्जियत: मेवालाई काटेर त्यसमा मरिच, बीरेनून र कागतीको रस हाल्नुभयो भने खानेकुरा सजिलै पच्छ । अनि यसले कब्जियत पनि हटाउँछ । छेर लाग्ने र मूत्रसमस्या पनि यसले निको पार्छ ।

क्यान्सर: मेवाले कलेजो बलियो बनाउँछ भने कागतीले विषाक्त पदार्थलाई शरीरबाहिर निकाल्छ । दिनदिनै दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतीको रस मिसाएर पिउँदा लिभर सिरोसिस हुन पाउँदैन । अनि प्रोस्टेट क्यान्सर र ब्लड क्यान्सर पनि यसले रोक्छ ।

मुटु र रक्तचाप: मेवा र कागतीमा प्रचूर फाइबर, भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छन् । यिनले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छन् र मुटुसम्बन्धी समस्या हटाउँछन् । रक्तचाप पनि नियन्त्रणमा राख्छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

भट्टराईद्धारा इटहरी ...

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुन ...

सगरमाथा आरोही संघको ...

इटहरी । राजधानीमा बिहीबार सगरमाथा आरोही संघको निर्वाचन सम्पन्न भएको छ । संघको अध्यक्षमा  माया श ...

जमुनाले ल्याइन् ‘स्व ...

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको ...

इटहरी २ नम्बर वडा क ...

इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् । इटहरी उपमह ...

इटहरीमा मोटरसाइकल चो ...

  इटहरी । इटहरीबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न ...

बिर्सने बानीले सताए ...

एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै ...