इटहरी । वडा कार्यालयले निःशुल्क साइकल दिएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् ।
इटहरी उपमहानगर २ वडा कार्यालयले सो वडामा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेपछि उनीहरू खुसी भएका हुन् ।
लामो समय देखि स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएकी स्वास्थ्य स्वयंसेविका रुकमिणि कोइरालाले वडा कार्यालयले आफ्नो समस्या समाधान गर्दिदा जनप्रतिनिधि आएको महसुस भएको बताइन् ।
उनले भनिन् ‘२ नम्बर वडा क्षेत्रफलका आधारमा अन्य वडा भन्दा ठुलो छ । ९ जनाले पनि पैदल हिँड्नु पर्दा स्थानीय जनतालाई स्वास्थ्यको क्षेत्रमा सेवा दिन गाह्रो हुने गर्दथ्यो, अब भने साइकलले छोटो समयमा नै सेवा दिन पाउँदा खुसी छु । ’
जनप्रतिनिधि आएपछि इटहरी मै पहिलो पटक साइकल वितरण गरेकोमा वडा कार्यालयलाई स्वास्थ्यस्वयम सेविकाले धन्यावाद व्यक्त गरेका छन् ।
वडा कार्यालयले एक कार्यक्रम गरी समाजमा योगदान पुर्याएको भन्दै दोसल्ला ओडार सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष हर्क बहादुर मगरले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने इटहरीकै पहिलो वडा भएको बताए ।
उनले स्वयंसेविका समस्यालाई मध्यनजर गर्दै वडामा कार्यरत ९ जना स्वास्थ्यस्वयम सेविकालाई साइकल वितरण गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस्