भट्टराईद्धारा इटहरी वडा नं ३ को कार्यालय बनाउन जग्गा दान

  • प्रकाशित मिति: फाल्गुन १३, २०७७ / सञ्चारलय
alt

इटहरी / उप-महानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब वढिको भौतिक संरचना निर्माण हुने बताएका छन् । इटहरी वडा नम्बर ३ को वडा कार्यालय भवन शिलान्यास गर्दै प्रमुख चौधरीले इटहरीमा गत वर्ष भन्दा बढी भौतिक निर्माण हुने बताए ।

उनले ८५ करोडका योजना टेन्डर गरिसकिएको बताए । ४० भन्दा बढी वहुवर्षे योजना समेत टेन्डर प्रक्रियामा रहेको जानकारी दिए । उनका अनुसार गत वर्ष सुरु भएको पाँच वटा वहुवर्षे सडक निर्माण भइसकेका छन् । प्रमुख चौधरीले कोरोना महामारी र प्रतिकुल राजनीतिक अवस्थाका बाबजुद पनि इटहरीमा विकासले गति लिएको । उनले नेकपामा देखिएको विग्रहले इटहरीको विकासमा कुनै प्रभाव नपार्ने दोहोर्‍याए ।

उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने बताइन् । निर्माण कार्य भइरहँदा जनस्तरबाट पनि खबरदारी हुनु पर्नेमा उनले जोड दिइन् ।

वडाध्यक्ष वालकृष्ण विष्टले वडा नम्बर तीनमा भौतिक निर्माणको कार्यले गति लिएको बताए । उपमहानगरका इन्जिनियर जीवन घिमिरेले ८४ लाख ३५ हजारको लागतमा भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री वडा कार्यालय भवन निर्माण हुने बताए ।

भट्टराई परिवारद्धारा १ करोडको जग्गा प्रदान

इटहरी वडा नम्बर तीनको वडा कार्यालय भवन निर्माणका लागि स्थानीय भट्टराई परिवारले करिब एक करोड मूल्य पर्ने डेढ कठठा जग्गा प्रदान गरेका छन् । वल बहादुर भट्टराईको परिवारले वडा कार्यालयका लागि जग्गा प्रदान गरेका हुन ।

सोही जग्गामा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले वडा कार्यालय भवनको शिलान्यास गरि । भट्टराई परिवारले वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्रदान गरेकोमा प्रमुख चौधरीले धन्यवाद ज्ञापन गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की