आफैंले पालेको भालेको आक्रमणबाट एक जनाको मृत्यु

  • प्रकाशित मिति: फाल्गुन १६, २०७७ / सञ्चारलय
alt

काठमाण्डौ । आफैंले पालेको भालेको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। यो घटना दक्षिणी भारतीय क्षेत्र तिलंगणाको हो ।

तिलंगणाको लोथुनुर गाउँमा गतहप्ता एक समूहले अवैध भाले जुधाईको आयोजना गरेका थिए। जसका लागि ती मानिसहरुले आफ्नो भालेको खुट्टामा चक्कु जडान गरिदिएका थिए। तिलंगणामा भाले जुधाईको आयोजना गरिएको बीबीसीले जनाएको छ।

भाले जुधाईका क्रममा एक भाले त्यहाँबाट भाग्न खोजेको थियो। सोही क्रममा भालेलाई पक्रिन खोज्दा चक्कु जडान भएको भालेले आफ्नै मालिकलाई ठुंग्दै र चिथार्दै भाग्ने प्रयास गर्दा ती व्यक्ति गम्भीर घाइते भएका थिए।

सो क्रममा चक्कुले तिघ्राको रक्त नलीमा गम्भीर चोट लाग्दा उनको शरीरबाट रगत धेरै बगेको थियो। उपचारकै क्रममा ती व्यक्तिको मृत्यु भएको बताइएको छ। हाल प्रहरीले भाले जुधाई आयोजना गर्ने १५ व्यक्तिको खोजि गरिरहेको छ।

प्रहरीले भालेको उद्धार गरेर त्यसको खुट्टाबाट ७ सेन्टिमिटरको चक्कु निकालिदिएको छ। सन् १९६० मै भाले जुधाईलाई भारतीय कानुनले अवैधानिक बताइसकेको छ।

तर यो भाले जुधाई हिन्दु पर्व संक्रान्तिका बेला तेलंगणामा प्रचलित भएको बताइएको छ।

गतवर्ष भारतको आन्द्र प्रदेशमा पनि एक व्यक्ति भालेकै आक्रमणबाट मारिएका थिए। भाले जुधाईकै क्रममा भालेले उनको घाँटीमा चक्कुले हिर्काएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की