काठमाण्डौ ।। गरीबीका कारण वैवाहिक कार्यक्रम गर्न नसकेका जोडीहरूले बच्चा जन्मिएपछि सामूहिक बिहे गरेका छन् ।
भारतको झारखण्डस्थित खूँटीमा बिहे नगरी सँगै बसिरहेका १०५ जोडीको विवाह गरिएको छ । गरीबीका कारण यसअघि यी जोडीहरूले गाउँमा भोज खुवाउन सकेका थिएनन् तर कतिपयका बालबच्चा जन्मिसकेका थिए ।
विवाह कार्यक्रम नगरी बालबच्चा जन्मिएपछि गाउँलेले यस्ता जोडीलाई तिरस्कार गर्ने भएकाले निमित संस्थाको पहलमा सामूहिक विवाह कार्यक्रम गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विवाह कार्यक्रममा झारखण्डका राज्यपाल द्रोपदी मुर्मू र केन्द्रीय सचिव एनएन सिन्हा सहभागी भएर विवाहलाई सामाजिक मान्यता दिएका छन् ।
एजेन्सी
तपाईको प्रतिक्रिया दिनुहोस्