उर्लाबारीमा ४० जना सुत्केरीलाई पोषण सामाग्री वितरण

  • प्रकाशित मिति: फाल्गुन २१, २०७७ / सञ्चारलय
alt

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएका छन् । प्रति सुत्केरीले ५ हजार २ सय ५० रुपयाँँ पाएका छन् ।

शुक्रबार वडा कार्यालयमा सुत्केरी पोषण कार्यक्रम उपभोक्ता समुहले आयोजना गरेको पोषण सामग्री वितरण कार्यक्रममा गर्भधारण तथा सुत्केरी भएका ४० जनालाई २५ केजी चामल सहित दाल,हरलिक्स, ज्वानो, जोनसोन सावुन, अण्डा, स्यायु, तेल, घिउ, मह, लगायतका सामग्री वितरण गरीएको थियो ।

वडाकी विनीताकुमारी सिहले सामाग्री पाएपछि काम गरेर खाने आफु जस्ता समुदायको लागि कार्यक्रम वरदान भएको बताएकी छन् ।

समुहकी अध्यक्ष उषा मोक्तानको अध्यक्षता तथा नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी शर्मा सहित वडा सदस्यहरु रामकुमारी बिक,देवीकला राई, नेपाल रेडक्रस सोसाईटी उर्लाबारीका सभापति मदनबाबु प्रसाई सहितका वक्ताहरुले विपन्न समुदायका लागि वडाले ल्याएको सुत्केरी पोषण कार्यक्रम अत्यन्तै उपयोगी भएको बताउदैँ यस कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की