दमकमा बन्धन मेसन मिट सम्पन्न, ठेकेदारहरूलाई निःशुल्क दुर्घटना बिमा

  • प्रकाशित मिति: फाल्गुन २३, २०७७ / सञ्चारलय
alt

दमक । बन्धन सिमेन्ट उत्पादक नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले झापाको दमकमा बन्धन मेसन मिट २०७७ कार्यक्रम सम्पन्न गरेको छ । निर्माण सम्बन्धी कार्य गर्ने ठेकेदारहरूको भेला गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
 
गत फागुन ७ गते विराटनगरमा कार्यक्रम गरेको कम्पनीले झापामा पनि २१ गते भव्यताका साथ कार्यक्रममा सम्पन्न गरेको हो ।
 
सिमेन्टको बारेमा जानकारी दिन आयोजित उक्त कार्यक्रममा बन्धन सिमेन्टको तर्फबाट कार्यक्रममा सहभागी ठेकेदारहरूको रु ५ लाख सम्मको दुर्घटना जीवन बिमा समेत गरिएको थियो । बिमाको लागि कम्पनीले शिखर इन्स्योरेन्ससँग सम्झौता गरेको जानकारी दिइएको छ ।
 
कार्यक्रममा सहभागीहरूको त्यतीबेलै बिमा गराउने व्यवस्था गरिएको थियो भने कार्यक्रममा उपस्थितले अन्य समयमा पनि बिमा कम्पनीमा सम्पर्क गर्न सक्ने प्रावधान मिलाइएको जानकारी दिइएको थियो । कार्यक्रममा नविल बैङ्कले निःशुल्क खाता खोली २ जीवी इन्टरनेट डाटा प्याक दिएको थियो भने एनसेलको तर्फबाट निःशुल्क सिम कार्ड वितरण गरेको थियो ।
 
कार्यक्रममा निर्माण कार्य गर्दा ध्यान दिनु पर्ने कुराहरूको बारेमा र सिमेन्टको गुणस्तरको बारेमा सन्देश दिइएको थियो । कम्पनीको तर्फबाट अखिलेश कुमार सिंहले सिमेन्टको प्राविधिक पक्षको विषयमा जानकारी दिएका थिए । उनले बन्धन सिमेन्ट निकै मसिनो रहेको, जर्मन प्रविधिको प्रयोग गरिएको र ल्याबको निरन्तर जाँचबाट स्तरीय उत्पादन गर्न सफल रहेको जानकारी दिएका थिए । उनले पीपीसी ओपीसी पीएससीको बारेमा जानकारी दिँदै सबै प्रकारका सिमेन्टमा बन्धन उत्कृष्ट रहेको दाबी गरे ।
 
कार्यक्रममा श्री कृष्ण लुइँटेल बोकेदारिले साङ्गीतिक प्रस्तुति गरेका थिए ।
 
बन्धन सिमेन्टका अध्यक्ष मनिष कुमार मारुले निर्धक्क भएर बन्धन सिमेन्ट प्रयोग गर्न आग्रह गर्दै गुनासाहरू भएमा सोझै सम्पर्क गर्नको लागिसमेत आग्रह गरे । उनले गुणस्तरमा कुनै पनि सम्झौता नगरी उच्च गुणस्तरीय  सिमेन्ट उत्पादन गरिरहेकोले नै बन्धन सिमेन्ट ठुला आयोजनामा पनि प्रयोग भइरहेको बताए । उनले ग्राहक तथा व्यवसायीहरुसँग सिधा सम्बन्ध स्थापित गर्न आफूहरूले कार्यक्रम गरिरहेको बताउँदै  अन्य ठाउँ बिर्तामोड र इटहरीमा समेत कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
 
बन्धन सिमेन्ट पूर्वको सबैभन्दा ठुलो सिमेन्ट उद्योग हो । सिमेन्टले निरन्तर आफ्नो उत्पादन र वितरण विस्तार गरिरहेको जनाएको छ ।नेपाल  गुणस्तर चिन्ह पाइसकेको बन्धनले ओपीसी, पीपीसी र पीएससी तीनै प्रकारका सिमेन्ट उत्पादन गरिरहेको छ ।
 
IMG_0011 IMG_0027 IMG_0060 IMG_0001 IMG_0053 IMG_0136 IMG_0137
 

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की