सुरुबाट सुरुवाद ;-पलायितहरूको समान र सम्मानजनक व्यवस्थापन 

  • प्रकाशित मिति: फाल्गुन २७, २०७७ / सञ्चारलय
alt

 कम्युनिस्ट स्थापनाकाल देखिनै (२००६ )वामपन्थी नेताहरू व्यवस्था परिवर्तनका निमित्त सशस्त्र सङ्घर्षको नारा दिँदै आएका थिए तर सुरुवाद गर्ने श्रेय चाहिँ माओवादीलाई मिल्यो |त्यस बेला स्थानीय देखि केन्द्र सम्म ७२ जना पूर्णकालीन कार्यकर्ता मात्र थिए |तिनै ६ दर्जन नेता कार्यकर्ताले माओको राजनीति नेपाली भूमिका कार्यान्वयन गरे |कम्युनिस्ट स्थापनाको ४६ वर्ष पछि प्रचण्ड पथमा सशस्त्र आन्दोलनको जहाज हुइँकियो ,उक्त जहाजका सारथिहरू मध्ये डा.बाबुराम ,मोहन वैद्य , बादल ,टोप बहादुर , लेखराज भट्ट लगायत विशेष बुमिकामा थिए जसका कारण राज्यको ‘’अपरेसन केलोसेरा टु ‘’हुँदै अमेरिकी सेनाको नेपाल भ्रमण र बेलायती गुप्तचर निकाय ‘एम आइ -६ ”ले गरेको “अप्रेसन मुस्ताङ ” जस्ता राज्यको माओवाद निस्तेज पार्ने अपरेसन चिर्दै गणतन्त्र सहित २०६५ जेष्ठ १५ मा विधिवत् सुरक्षित अवतरण भयो |गणतन्त्रले देश र जनतालाई के दियो त्यसको समीक्षा इतिहास ले गर्छ नै ,तथापि हिजोका सहयोद्धा ,सारथिहरू किन एका एक नेतृत्व बाट दुरी बनाउदैछन त?राजनैतिक समकालीन दौतरीहरु आज किन जानिदुश्मन बन्दैछन त ?एउटा पेचिलो अनि सारगर्भित प्रश्न जन्मिएको छ | भनिन्छ नि जहाबाट बाटो भुलेको त्यही फर्केर आउनु गन्तव्य भेटिन्छ |हालै आएको अदालतको निर्णयले प्रचण्डलाई त्यही पुर्‍याएको छ, |स्वार्थ मानवीय स्वभाव हो झनै राजनीतिमा स्वार्थ बोकेकाहरू सघन हुन्छन् ,छन्| स्वार्थ समायोजन गर्न नसक्नु नै प्रचण्डको कमजोरी बन्यो फलस्वरूप पहिलो संविधानसभाको निर्वाचन पश्चात् बनेको भीमकाय पार्टी एकाएक तक्षण भयो ,क्षीण बन्यो |अझ पछिल्लो समय बदलिएको राजनीतिले परिस्थितिले झनै राजनीतिक हैसियत खुम्चियो ,बुकुरो भयो | अब सुरु बाट सुरुवाद गर्नुपर्छ |हिजो फरक मत र फरक बिचार राक्दै छुटिएर गएका विनिसृत गणतन्त्र ,पक्षधर जनयुद्धका सम्पूर्ण योद्धाहरूलाई समान र सम्मानजनक व्यवस्थापन गरी एकजुट हुनैपर्छ तब मात्र जनयुद्धको औचित्य पुस्टी, सहिदहरूको सम्मान अनि देशले पनि परिवर्तन र समाजवादको लाइन समाउँछ | अकल्पित राजनैतिक हुरीले फुल झार्दैमा ऋतु रोकेको आत्म रथी ठान्ने इतरहरूलाई जवाफ फर्काउनै पर्छ |अन्यथा माकेको राजनीतिक भविष्य र देशको नेतृत्व यात्रा मृगतृष्णा हुनेछ |

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की