चैत २६ देखि विराट गोल्डकप सुरु हुँदै

  • प्रकाशित मिति: चैत्र ६, २०७७ / sancharlaya
alt

मोरङ / विराट गोल्डकप चैत २६ देखि सुरु हुने भएको छ ।

आयोजकका अनुसार विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगितामा तीन देशका १० टिमले प्रतिस्पर्धा गर्ने बताएको छ ।
नेपाल, भारत र क्यामरुनका १० टिम सहभागि हुने निश्चित भएको हो ।

उक्त प्रतियोगितामा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन, भारतको पंजाब पुलिस, झारखण्ड टाटा एकेडेमीले पहिलो पटक नेपालमा प्रतिस्पर्धा गर्दै छ ।

त्यस्तैगरि नेपालको संकटा क्लब, नेपाल पुलिस क्लब, राष्ट्रिय लिग विजेता टिम मच्छिन्द्र क्लब, मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, गोर्खा ब्वाइज, रूपन्देही र आयोजक विराटनगर–११ सहभागी हुने बताइएको छ । स्थानीय विराटनगर–११ को टिमलाई विराटनगर महानगरपालिकाले प्रायोजन गर्ने भएको छ ।

यस प्रतियोगितामा करिब १ करोड २५ लाख रुपैयाँ खर्च हुने जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा मारुती सिमेन्ट र रमपम चाउचाउ रहेका छन् ।
उपाधि विजेतालाई १५ लाख १५ हजार, उपविजेतालाई ७ लाख ५१ हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की