इम्यूनिटी पावर बढाउन खानामा अनिवार्य समावेश गरौं यी ७ चीज

  • प्रकाशित मिति: चैत्र ८, २०७७ / सञ्चारलय
alt

एजेन्सी । खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।खानपानमा विशेष ध्यान दिंदा इम्युनिटी पावर बढाउन सकिन्छ । एक नयाँ अध्ययनका अनुसार इम्यूनिटी पावर बढाउनका लागि खानामा केही विशेष परिकार समावेश गर्नु उपयुक्त हुन्छ ।

 इम्यूनिटी पावर बढाउन यी ७ चीजले सहयोग गर्छ

रातो क्याप्सिकन: रातो क्याप्सिकनमा सबैभन्दा बढी भिटामिन सी पाइन्छ । अमेरिकी कृषि विभागका अनुसार एक टुक्रा क्याप्सिकनमा करिब २ सय ११ प्रतिशत भिटामिन सी हुन्छ । जुन सुन्तलामा पाउने भिटामिन सीभन्दा दुई गुणा बढी हुन्छ । २०१७ मा नेशनल इन्स्टीट्यूट अफ हेल्थमा प्रकाशित एक अध्ययनका अनुसार भिटामिन सी शरीरमा त्यी कोशिकाहरूलाई मजबूत बनाउँछ, जसले इम्यूनिटी बढाउँछ ।

ब्रोकाउली: बोकाउलीमा भिटामिन सी अत्याधिक मात्रामा हुन्छ । आधा कप ब्रोकाउलीमा ४३ प्रतिशत भिटामिन सी हुन्छ । अमेरिकाको इएचई हेल्थका फिजिशियन डा. सीमा सरीनले भनेका छन्,‘ब्रोकाउलीमा फाइटोकेमिकल्स र एन्टीअक्सिडेन्टको मात्रा भरपूर हुन्छ जसले हाम्रो इम्यूनको मजबुत बनाउँछ ।

चना: चनामा प्रोटिन अत्याधिक हुन्छ । एकेडेमी अफ न्यूट्रिसन एण्ड डाइटेटिक्सका अनसार चनाले एन्जाइमलाई सन्तुलनमा राख्छ, जसबाट हाम्रो शरीरले ठीक तरिकाले काम गर्न सक्छ । डाइटिशियन एमिली वन्डरका अनुसार चनामा प्रचुर मात्रामा जिंक पाइन्छ जसले इम्यून सिस्टम र इम्यून रेस्पोन्सलाई नियन्त्रणमा राख्न सक्छ ।

लसुन: लसुन खाँदामा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि पनि निकै लाभदायक हुने विज्ञहरू बताउँछन् । लसुनको सेवनले उच्च रक्तचाप तथा मुटुरोगको खतरा कम गराउँछ । यस्तै यसमा पाइने सल्फर यौगिकका कारण संक्रमणबाट लड्ने क्षमतामा वृद्धि हुन्छ । लसुनको सेवनले इम्यूनिटी समेत बढ्दछ ।

च्याउ: च्याउ भिटामिन डीको स्रोतहरूमध्ये एक हो । च्याउको सेवनले क्याल्शियम बढाउँछ जसले हड्डीलाई मजबुत बनाउन सहयोग पुर्‍याउँछ । साथसाथै यसले इम्यूनिटी पावर बढाउनमा सहयोग गर्छ ।

पालक: पालकमा भिटामिन सी र एन्टीअक्सिडेन्ट्स अत्याधिक मात्रामा हुन्छ । जसले हाम्रो शरीरमा रहेको कोशिकाहरूलाई संक्रमणबाट जोगाउन सहयोग गर्छ । पालकमा भिटा क्यारोटिन समेत पाइन्छ, जुुन भिटामिन एको मुख्य स्रोत हो । भिटामिन ए ले इम्यून फंक्शनको सही ढंगले चलाउनका लागि सहयोग गर्छ ।

दही : दही प्रोबायोटिक्सको सबैभन्दा राम्रो स्रोत हो । यसमा भएको ब्याक्टेरियाले पाचन प्रणाली तथा इम्यून सिस्टमलाई सही राख्दछ । केही अध्ययनहका अनुसार दहीको सेबनले प्रोबायोटिक्सको सामान्य रुघाखोकी तथा इन्फ्लूएन्जाजस्ता संक्रमणसँग पनि प्रभावकारी ढंगले लड्दछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की