त्रिविले विद्यार्थीको समयमा क्षति कम हुने गरी शैक्षिक सत्र मिलाउने

  • प्रकाशित मिति: चैत्र ९, २०७७ / सञ्चारलय
alt

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ ।

विश्वविद्यालयले वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले कुनै क्षति नहुने गरी शैक्षिक सत्रको व्यवस्थापन मिलाउने भएको हो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले फागुन २५ गतेबाट स्नातक तहमा विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरिएको र हाल स्नातक तहमा भर्ना भएका विद्यार्थीको परीक्षा आगामी पुस महिनामा गर्ने जानकारी दिए ।

साथै स्नातकोत्तर तहको नयाँ शैक्षिक सत्र वैशाख अन्तिममा गर्ने विश्वविद्यालयको योजना छ । स्नातक तह तेस्रो वर्षको परीक्षाफल निर्धारित समयमा प्रकाशित गर्न सकिएको अवस्थामा वैशाखबाट स्नातकोत्तर तहको नयाँ भर्ना सुरु गर्न सकिने भुसालले बताए ।

स्नातक तहका अन्य वर्षका परीक्षाफल निर्धारित समयमा नै प्रकाशित हुने जनाइएको छ । स्नातक तहका पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीको केही समय क्षति भए पनि त्यसलाई तीन वर्षको हाराहारीमा मिलाइने जानकारी दिए ।

विश्वविद्यालयले फागुनमा स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णयसँगै कक्षा १२ उत्तीर्ण विद्यार्थीले भर्नाका लागि केही महिना कुर्नुपर्ने स्थिति रहेको र राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा जेठ महिनामा पूरा गर्ने र भदौसम्म नतिजा प्रकाशित गरिसक्ने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की