विराटनगर / विराटनगरमा विराट जुत्ताचप्पल मेला सुरु भएको मेला एक महिना सम्म चल्ने छ ।
मेला संयोजककले देशभरि रहेका सानाठूला मझौला १५ सय जुत्ताचप्पल उद्योगले वार्षिक ५ करोड जोर जुत्ता उत्पादन गरिरहेको जानकारी गराएको छ ।
सबै खाले जुत्ताचप्पल उद्योगमा १७ अर्ब बराबरको लगानी रहेको र त्यसबाट वार्षिक ३२ अर्ब बराबरको कारोबार गरिरहेको बताएका छन् ।
नेपालभरी वार्षिक रुपमा ९ करोड जोर जुत्ताको माग रहेको छ । नेपालका जुत्ताचप्पल उद्योगले ५ करोड जोर जुत्ता उत्पादन गर्छन्, त्यो मागको ६३ प्रतिशत हो ।
सीमामा कडाइ गरे कम बिजकको समस्या रोक्न सके नेपाल जुत्ताचप्पलमा आत्मनिर्भर हुने व्यवसायी बताउँछन् ।
मेला उद्घाटन गर्दै विराटनगर महानगर प्रमुखका अनुसार स्वदेशी उत्पादनको प्रयोग बढाउन सके मुलुक धेरै उत्पादनमा आत्मनिर्भर बन्न सक्ने भएकाले त्यसका लागि घर, टोल र सहरमा यस्तो अभियान राम्रो रहेको बताएका छन् ।
विराट व्यापार संघका अनुसार उत्पादनमा आत्मनिर्भर बन्न सके मुलुक समृद्धितर्फ जाने भएकाले सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर बनाउनुपर्ने उल्लेख गरेका छन्।
मझौला उद्योगका लागि सरकारले घोषणा गरेको कोभिड महामारीका बेलाको सुविधा नभएको जनाए ।
यो मेला आउँदो वैशाख ५ गतेसम्म चल्नेछ । मेलामा १२ कम्पनीका २० वटा ब्रान्डका ५ हजार जोर जुत्ताचप्पल बिक्रीमा राखिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्