इटहरी । गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नंं. १ ले इटहरीमा फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
मंगलबार इटहरीको पत्रकार सम्मेलनमा सहभागी हुँदै आयोजक जीपी फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश १ का संयोजकले १२ गते बिहीबारदेखि इटहरी रंगशालामा नगरपालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।
खेलमा प्रदेश १ का ८ वटा टिमले सहभागिता जनाउनेछन् । खेलकुद विभाग प्रदेश १ का संयोजकका अनुसार इटहरी, विराटनगर, धरान, उदयपुर, उर्लाबारी, दमक, इनरुवा र धनकुटाले प्रतियोगितामा सहभागी जनाउनेछन् । विजेता टिमले नगद दुई लाख र उपविजेताले नगद एक लाख हात पार्नेछन् । १२ गतेदेखि हुने खेल २१ गते समापन हुनेछ ।
उक्त प्रतियोगितामा स्वास्थ्य शिविर, सांगीतिक कार्यक्रम तथा फोटो प्रदर्शनी समेत हुनेछ । कार्यक्रमको शोभा बढाउनका सांगीतिक कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ ।
सुनसरी फुटबल संघका कोषाध्यक्षले नगरपालिकाले खेलकुद क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन उक्त फुटबल प्रतियोगिताले महत्त्वपूर्ण काम गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्