एउटै घरमा जन्तीसहित पुगे सात बेहुला

  • प्रकाशित मिति: चैत्र १७, २०७७ / सञ्चारलय
alt

काठमाडौं । मध्य प्रदेशमा बिहेको बहानामा बेहुलामाथि ठगी हुने गरेको एक अनौठो घटना बाहिरिएको छ।

भोपालमा बिहेको बहानामा ठगी हुने गरेको रहस्य बाहिरिएको हो। भोपालको कोलार इलाकामा सञ्चालित सगुन जन कल्याण समिति विपन्न केटीहरूको विभिन्न क्षेत्रमा पर्चा बाँड्ने गर्छ।

त्यहाँ मानिसहरू केटी हेर्न आउँदा २० हजार लिने गरिन्छ। त्यसपछि बिहेको मिति तय गरिन्थ्यो। मध्य प्रदेशका सातजनालाई मार्च २५ गतेको मिति दिइएको थियो।

अलग-अलग ठाउँबाट सातजना बेहुला बनेर आए। सबै सगुनको अफिसमा सातै बेहुला जन्तीसहित पुगेका थिए। यो नै यिनिहरूको ससुराली थियो।

बिहेभन्दा पहिले सबैलाई केटी देखाइएको थियो। जन्तीसहित पुगेका बेहुलाहरूले ससुराली घरमा ताला लगाएको देखे। उनीहरूले त्यहाँका अधिकारीहरूलाई घन्टौंसम्म फोन गर्ने कोसिस गरिरहे। तर, सबैका फोन अफ थिए।त्यसपछि दुलाहासहित परिवारका मानिस उजुरी दर्ता गर्न पुलिस स्टेसन पुगे।

बिहीबार सबैभन्दा अन्तिममा केशव बघेल बिहेसहित त्यहाँ पुगेका थिए। उनी घन्टौंसम्म यताउती भौँतारिए। र, उनी पनि प्रहरीकोमा उजुरी दिन पुगे। प्रहरीले उनी मात्रै नभएर उनी जस्तै सात दुलाहा पहिले नै स्टेसन पुगेको बतायो।

ठगी गर्नका लागि संस्थाका मानिसले मध्य प्रदेशका विभिन्न जिल्लामा पर्चा बाँड्थे। उनीहरूले आर्थिक अवस्था कमजोर भएका केटीहरूको बिहे गराइदिने जनाउँथे।

पर्चामा एउटा नम्बर पनि हुन्थ्यो। त्यो नम्बरमा कल गर्दा रोशनी तिवारी नामकी महिलासँग कुरा हुन्थ्यो। उनले कुरा हुने मानिसलाई भोपालको कोलारमा रहेको विनित कुन्जस्थित अफिसमा बोलाउँथिन्।

केशव पनि २०२१ जनवरीमा त्यहाँ पुगेका थिए। यस दौरान उनलाई २५ वर्षकी केटीलाई देखाइएको थियो। र, २० हजार लिएर उनको बिहेको मिति तय गरिएको थियो।

प्रहरी अधिकारीका अनुसार यस काममा रिन्कु, कुलदीप र रोशनी तिवारी संलग्न थिए। उनीहरूलाई केही अन्य मानिसले पनि सहयोग गरिरहेको खुलेको छ।

उनीहरूले यो कामका लागि गरिब परिवारका केटी खोजेर राम्रो घरको केटासँग विवाह गराउने आश्वासन दिन्थे। २० हजार रूपैयाँ लिइसकेपछि उनीहरू सम्पर्कविहीन हुने गरेका थिए।

रोशनीले आमा बन्दै ठग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बिहेका लागि आउने केटाकेटी सही हुने भए पनि आमा नक्कली हुने गरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की