काठमाडौं / आज शुक्रबार सुनको मुल्य तोलामा ९ रुपैंयाले बढेको छ । हिजो प्रतितोला ८६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार भएको हो ।
तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार ९ सय ५० रुपैंया रहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैंयाले बढेर प्रतितोला १२ सय ४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्