मुस्ताङ / मिक्स्चर मेसिनमा बेरिएर २० बर्सिया युवकको मृत्यु भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका –३ मा पर्ने स्याङ गाउँ नजिकै कालीगण्डकी किनारमा मिक्स्चर मेसिनमा बेरिएर एक युवकको मृत्यु भएको हो ।
बेनी–जोमसोम–कोरोला सडकखण्ड अन्तर्गतको कोसी एन्ड न्यौपाने जेबीले निर्माण कार्यको जिम्मा पाएको उक्त स्थानमा काम भैरहेको अवस्थामा मिक्स्चर मेसिनमा बेरिएर अन्दाजी २० बर्सिया युवकको मृत्यु भएको हो ।
म्याग्दीको मंगला गाउँपालिका–४ का सुन्दर रोकाको मिक्स्चर मेसिनमा बेरिएर मृत्यु भएको मुस्ताङ जिल्लाका प्रहरीले जनाएको छ ।
आर सि सि ढलान निर्माण कार्य भैरहेको बेला अचानक मिक्स्चर मेसिनमा परेर दायाँ हातको कुम देखिनै पुर्ण रूपमा क्षती भएको बताइएको छ । प्रहरीका अनुसार मृतक शव थप अनुसन्धानको लागि जोमसोम लगिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्